१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सूर्या लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२६ कात्तिक,  काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने  घोषणा गरेको छ । कम्पनीको कात्तिक २५ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ । बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश वितरण गरीनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १०:३७