१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

माउण्टेन इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कति दिने आवेदन ?

२६ कात्तिक, काठमाडाैँ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेकाे छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो।

जसमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

कम्पनीको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्। कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ।

पछिल्लो समय सेयर बजारमा देखिएको चमकले गर्दा लगानीकर्ताकाे रोजाइमा यो कम्पनीको आइपिओ पर्नेछ । तर्सथ लगानीकर्ताले न्यूनतम १० कित्ताकाे लागि १ हजार रुपैयाँ मात्र लगानी गर्दा हुनेछ ।

प्रकाशित मिति : November 11, 2020 at 8:02 am