१९ पुष २०८१, शुक्रबार | Sat Jan 4 2025

झण्डै ३ अर्ब बिगो दाबी गरिएको भिएलएनका श्रेष्ठविरुद्धको ठगी मुद्दामा अाज पनि सुनुवार्इ हुँदै

३० जेठ, काठमाडौँ । नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर लुट मच्चाएको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष राम श्रेष्ठविरुद्धको मुद्दामा अाज पनि सुनुवार्इ हुँदैछ । जिल्ला न्यायाधीश अम्बर बस्नेतको इजलासमा थुनछेक सुरु भए पनि मंगलबार बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखेर अाज पनि सुनुवार्इ गर्न लागेको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौंले करिब ३ अर्ब बिगो दाबी गर्दै श्रेष्ठ विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । वैदेशिक रोजागरीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा श्रेष्ठले ठगी गरेकाले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो असुल हुनुपर्ने दाबी आरोपपत्रमा गरिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार ०६:०१