प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
२५ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सचिवालयको नाममा गुटको भेला बोलाएका प्रचण्ड उक्त भेलामा जानुअघि प्रधानमन्त्रीलाइ भेट्न बालुवाटार पुगेका हुन ।

उनले पार्टी अब अनौपचारिक बैठकसँगै औपचारिक बैठक पनि बोलाएर आफ्नो ढंगले अघि बढ्ने सन्देश दिन लागेको बुझिएको छ । शनिबार अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले बैठकको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए।
प्रकाशित मिति : 15:58









