१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायाेजन

२५ कात्तिक,  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । नेप्सेमा सोमबार कम्पनीकाे ७ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता ६६५ रुपैयाँ ४२ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हो ।

 नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ७१२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो। कम्पनीकाे १४औं वार्षिक साधारण सभा मंसिर ५ गते हुँदैछ । उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १२:०८