२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

विश्व भेट्रान्स टेबलटेनिसमा नेपालका शंकर गौतम निर्णायकमा छनोट

३० जेठ, काठमाडाैँ ।  अमेरिकाको लसभेगास शहरमा हुने विश्व भेट्रान्स टेबलटेनिस प्रतियोगिता–२०१८ मा अन्तर्राष्ट्रिय निर्णायकको रुपमा नेपालका शंकर गौतम छनोट हुनुभएको छ । आगामी असार ४ देखि १० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विश्वका पाँच हजारभन्दा बढी खेलाडीको सहभागिता रहने गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रतियोगिता हरेक दुई वर्षमा हुने गर्दछ ।

गौतमले यसअघि स्पेनमा भएको संस्करणमा पनि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी दक्षिण एसियाली जुनियर टेवलटेनिस प्रतियोगिता, एसियन जुनियर प्रतियोगिता, विश्व जुनियर टेबलटेनिस प्रतियोगिता, दक्षिण एसियाली खेलकुद, विश्व टेबलटेनिस प्रतियोगिता, युएस ओपन, कमनवेल्थ गेम्सलगायत गरी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, जापान, कोरिया, अमेरिका, अष्ट्रिया, स्पेनलगायत देशमा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरिसकेको गौतमले जानकारी दिनुभयो । गौतम अखिल नेपाल टेबलटेनिस संघका महासचिवसमेत हुनुहुन्छ ।

प्रकाशित मिति : June 13, 2018 at 5:32 am