११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

भ्रष्टाचारी बने रुपन्देही मालपोतका खरिदार प्रकाश रिजाल २ हजार घुससहित पक्राउ

२९ जेठ, रूपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रूपन्देहीको मालपोत कार्यालय, मझगावाँ कार्यरत खरिदार प्रकाश रिजाललार्इ घुससहित पक्राउ गरेको छ ।

जिल्ला अदालत रुपन्देहीबाट अंश नामसारी मुद्दा फैसला भई फाइल सदर गराउनको लागि मालोपत कार्यालय, मझगावाँ रुपेन्देहीमा गएका सेवाग्राहीसँग उनले २ हजार रुपैयाँ घुस लिएकाे अायोगको टोलीले जनाएको छ । रिजालले सेवाग्राहीलाई दुःख दिएपछि अख्तियारलाई खबर गरेर घुस दिएका थिए।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १८:१९