२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालय पुर्नगठन गरौं : पूर्व मन्त्री बास्कोटा

२३ कात्तिक, काठमाडाैँ । पूर्व सञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बास्कोटाले नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालयको पुर्नगठन गर्नुपर्ने बताएका छन् ।

आइतबार बास्कोटाले एक ट्विट गर्दै पार्टीको सचिवालयमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया अगाडि सानुपर्ने बताएका हुन् । सचिवालयमा नयाँ पुस्ताको नेताहरुको बाहुल्यता रहनेगरी पुर्नगठन भएमा दुई कार्यकालको झन्झटपूर्ण खेल खत्तम हुनेमा पूर्वमन्त्री बास्कोटाले बताए ।

‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठनबाट सुरु गरौं,’ उनले लेखेका छन्, ‘कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम ।’

प्रकाशित मिति : 11:45