८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रचण्डलाई नक्कली आमाको संज्ञा दिँदै ओलीले भने ‘अब नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ’

२२ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ नक्कली आमाको संज्ञा दिएका छन । नेकपाको विवादको विषयमा एपिवान टेलिभिजनका लागि गरेको कुराकानीमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने वा आधा अधिकार माग्ने काम प्रचण्डले गरिरहेको बताउँदै यस्तो संज्ञा दिएका हुन्।

उनले प्रचण्डलाइ नक्कली आमाको संज्ञा दिन यस्तो लघुकथा सुनाए उनले भने ‘दुई आमाबीच एउटा बच्चाका विषयमा झगडा भयो। आ–आफ्नो भन्ने दाबी नछाडेपछि मुद्दा अदालत पुग्यो। अदालतमा दुवै आमालाई सोध्ने क्रममा एउटीले भनी( बरु यसलाई चिरौं। तर, मेरो हकको आधा बच्चा चाहिन्छ। अर्कीले भनी भैगो बच्चालाई चिरेर नमारौं। उसको हक भयो। मैले छाडिदिएँ। यसले न्यायधीशले सही आमा पहिचान गरे ।’

पचास वर्षअघि आफैंले पार्टी एकताको अभियान सुरु गरेर यहाँसम्म ल्याएको उनको बताउँदै प्रधानमन्त्री ओलीले आफूलाई पार्टी फुटाउनु पर्ने आवश्यता नरहेको बताए । सोही अवसरमा प्रधानमन्त्रीले अबको नेतृत्व नयाँ पुस्तालाई दिन प्रस्ताव गरे ।

उनले ७० पुगेका र आसपास रहेका सवैले नेतृत्वको लोभ त्यागेर पार्टीको अर्को पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने बताए । उनले भने ‘अब नयाँ पुस्तालाई नेतृत्व दिउँ । जो ७० को आसपास छौं। केही पुगेका छौं, केही महाधिवेशनमा पुग्छौं र क्रस गर्छौं। उनीहरुले दाबी छाडौं।’

 

प्रकाशित मिति : November 7, 2020 at 10:26 pm