धुम्बाराहीमा प्रचण्डहरूले गरेको बैठक होइन गुट भेला होः प्रधानमन्त्री ओली
२२ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धुम्बाराहीमा पुष्पकमल दाहाल प्रचण्ड लगायतले गरेको बैठक नभएर गुट भेला भएको स्पष्ट पार्नुभएको छ । शनिबार राति एपिवान टेलिभिजनको तमसोमा ज्योतिर्गमय भन्ने कार्यक्रममा पत्रकार टीकाराम यात्रीसँग भएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले शुक्रबार धुम्बाराहीमा गुटको भेलामात्र भएको स्पष्ट पार्नुभयो ।

उहाँले उक्त गुट भेलाका बारेमा अाफूलाइ पनि जानकारी भएको भन्दै बाहिरबाहिर गोप्य रूपमा गुट भेला गरेर पार्टी उभो नलाग्ने बताउनुभयो । प्रधानमन्त्री अोलीले जहाँ गरे पनि गुटका निम्ति हुने भेला र छलफल गलत रहेको बतउनुभयो । उहाँले प्रचण्डले नै पार्टीमा विवाद गरेर बस्नुभन्दा अलग-अलग बाटो लागौँ भन्ने प्रस्ताव गरेको खुलासा पनि गर्नुभाे ।
प्रचण्डले ओलीसामू आफैँले पार्टी अलग गर्ने प्रस्ताव राखेको भए पनि ओलीले त्यस्तो प्रस्ताव राखेको भन्दै सञ्चार माध्यम मार्फत प्रचार गराउनुभएको थियो । शनिबार राति एपिवान टेलिभिजनको तमसोमा ज्यतिर्गमय भन्ने कार्यक्रममा पत्रकार टीकाराम यात्रीसँग भएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रचण्डजीले नै साथीहरूले पनि भन्नुभयो विवाद र झैझमेला गरेर अघि बढ्नुभन्दा अलग अलग बाटौँ लागौँ भनेर प्रस्ताव गर्नुभएको हो ।’
प्रकाशित मिति : 21:46









