२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कुर्सी जोगाउन सफल कर्णालीका मुख्यमन्त्री शाही घोडाबाट लडे, हेलिकप्टरबाट उद्धार

२२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीको कुर्सी जोगाउन सफल भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेन्द्रबहादुर शाही शनिबार घोडाबाट लडेर घाइते भएका छन । मुख्यमन्त्री शाहीको टाउकोमा चोट लागेको छ । घोडाबाट लडेका शाहीलाइ तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

सिमकोटस्थित लिमाटाङमा रहेको जलविद्युत आयोजनाको अनुगमन गर्न जाने क्रममा घोडामा सवार मुख्यमन्त्री शाही लडेर  घाइते भएका हुन् । टाउकोमा सामान्य चोट लागेका उनलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइसकेको सरकारका प्रवक्ता विमला केसीले बताएकी छिन ।

प्रकाशित मिति : 20:00