सचिवालय बैठक बाेलाउन प्रधानमन्त्रीलाई नेकपाका पाँच सदस्यकाे लिखित आग्रह
२२ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । अध्यक्ष प्रचण्डसहितका पाँच शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गर्दै लिखित पत्र बुझाएका हुन् ।

सो पत्र बुझाउन अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका थिए ।
पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : 13:39









