२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्डसहितका नेता बालुवाटारमा

२२ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन् । प्रचण्ड आफ्नो समुहको बैठकको निर्णय बोकेर कार्यान्वयनका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटन पुगेका हुन् ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको गुट भेलाको निर्णयलाई लिखित रुपमा उतार्दै अध्यक्ष प्रचण्ड प्रथम बरियताका अध्यक्ष ओलीसँग भेट गर्न बालुवाटार पुगेका हुन् । प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत बालुवाटार पुगेका हुन् । प्रचण्ड समुह बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकको मागसहितको पत्र बुझाउन बालुवाटार पुगेको हो ।

प्रकाशित मिति : 12:47