नेकपाका शीर्ष नेतालाई राजनीतिक तिकडम र कुर्सीको लडाईमा नलाग्न चाैधरी अनुरोध
२० कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चाैधरीले राजनीतिक तिकडम र कुर्सीको लडाईलाई प्रमुख मुद्दा नबनाउन आफ्नै पार्टीका शीर्ष नेतालाई अनुरोध गर्नुभएको छ । कोरोना पराजित गरेपछि खुट्टा तातोपानी खनिएर घाउ भै घरमै आराम गरिरहनुभएकी चौधरीले बिहीबार साँझ आफ्नै नेतालाई अनुरोध गर्दै उहाँले अहिलेको समय राजनीतिक तिकडमको नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘कोरोनाको महामारीले देश आक्रान्त छ । नेपाल सरकार र सम्पूर्ण जनता एकजुट भएर महामारीको सामना गर्न हातेमालो गर्नु छ । कोरोनाबाट देशलाई मुक्त गर्नु छ । यस्तो विषम परिस्थितिमा राजनीतिक तिकडम र कुर्सिको लडाई प्रमुख हुन सक्दैन । दाउपेच बन्द गरौँ । जनताको सेवामा समर्पित हाैँ । सबैमा यही आब्हान गर्दछु।’
प्रकाशित मिति : 19:04









