२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशनः सरकारविरूद्धको मोर्चा र गुटबन्दीमा सामेल नहुनु

२० कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरूद्धको मोर्चा र गुटबन्दीमा लिप्त नबन्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले यस्तो निर्देशन दिएको बैठकमा सहभागी एक मन्त्रीले दैनिकीलाई जानकारी दिनुभयो ।

उहाँको अनुसार प्रधानमन्त्री ओलीले बैठकको सुरूमै यही सरकारमा रहेर यही सरकारको विरूद्धमा मोर्चाबन्दी गर्ने र दुष्प्रचारमा लाग्ने केहीमन्त्रीतर्फ इंकित गर्दै सरकारविरूद्धका सबै षडयन्त्र आफूले असफल पार्ने बताउनुभएको थियो । सरकारमा रहेका केहीमन्त्री झण्डै एक वर्षदेखि सरकार ढाल्नकै लागि विभिन्न मोर्चाबन्दीमा सहभागी हुँदै आएका छन ।

पछिल्लो समयमा दुई अध्यक्षको अवरणमा नेकपाभित्र बेमेल देखिए पनि एकताको सहमति विपरित नेकपाका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाख खनालले नयाँ समिकरण बनाएर असामान्य व्यवहार प्रकट गर्दा झण्डै दुई तिहाईको नजिक भएर पनि सरकारले तीव्र गतिमा काम गर्न सकेको छैन ।

पछिल्लो केहीदिन यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग पदको बार्गेनिङ गरेपछि नेकपाको स्वार्थ समूहकोबीचको टकराव सतहमा देखिएको छ । त्यसपछि केन्द्रीय तहका नेताहरूले र एक अर्काका विरूद्धमा अभिव्यक्तिका माध्यमबाट आक्रमण गरिरहेका छन ।

प्रकाशित मिति : 18:18