प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी कति पूरा गरे ?
१९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शिर्ष तहको पदको बर्गाेनिङ बढ्दै जाँदा तल्लो तहका नेताहरू समेत पक्ष र विपक्षमा बाँडिएका छन । कार्यकर्ताहरूले गरिरहेका बहसमा कतिपय कुरा एकदमै तर्कसँगत पनि रहेका छन ।

नेकपाका एक जना नेता समिर नेपालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी पूरा गरेनन भनेर टेलिभिजनको पर्दामा केन्द्रीय नेताहरूले रोइलो गरिरहेकोप्रति टिप्प्णी गर्दै पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी कति पूरा गरे ? भन्दै प्रश्न गरेका छन । बुधबारसाँझ सामाजिक सञ्जालमा एउटा टिप्पणी लेख्दै उनले ओलीले काम गरेन भन्नेर रूनेहरूले प्रचण्डले चाहिँ के गरे भनेर किन प्रश्न नगर्ने भन्ने बताएका छन ।
नेपालले समाजिक सञ्जालमा यस्तो लेखेका छन
अगाडि भेट्दा भन्न सक्दिन नामले सायद केपी ओली ले याे समीर नेपाल लाई चिन्दैनन् तर माधब नेपाल ले नामले नै चिन्दछन् भन्नेमा म विश्वस्त छु । आफुलाई लागेका कुरा प्रष्टैसंग अभिब्यक्त गर्छु यसैले होला मलाई केही साथीहरू केपी गुटको हो भन्छन् । तर म आफुलाइ न केपी न माधव कुनै गुटको हैन आफु आबद्ध पार्टीको चै पक्का गुटको सदस्य हुँ भन्छु । यसर्थ म कमरेड प्रचण्ड गुटको पनि हुँ । यहि ढंगले बुझिदिनु होला ।
अध्यक्ष एवं प्रधानमन्त्रीले स्थायी समितिकाे निर्णय नमानेकाे हवला दिदै केन्द्रीय नेताहरू टेलिभिजनमा कुर्लदैछन् यतिखेर । पार्टी निर्णय ओलीले मात्र मानेन् कि प्रचण्डले पनि मानेनन् ? ओलीले एकतर्फी मन्त्रिपरिषद बिस्तार गरेर पार्टी निर्णयलाई चुनाैति दिए भनिरहदा कार्यकारी अध्यक्षलाई दिएको जिम्मा कति पुरा गरे ?
१५ दिनभित्र पार्टी एकताका बाँकी काम टुंग्याएर चैतमा निर्धारित महाधिवेशनको तयारीका लागि कार्यकारी अध्यक्षकाे हैसियतमा केन्द्रीय कमिटीकाे बैठक डाकेर महाधिवेशनको कार्यतालिका बनाउन चै केले रोक्यो ? मैले चै नबुझेकाे कुरा ।
प्रकाशित मिति : 21:21







