२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा


१९ कात्तिक, काठमाडाैँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले १७.८३ प्रतिसत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार साँझ बसेको संचालक समितिको १०२ औं बैठकले १६.९३९९ प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागी ०.८९१६ प्रतिसत नगद लाभांश घोषणा गरेको छ ।

 

कम्पनीले चुक्ता पुँजीको १४ करोड ४८ लाख ६० हजार बोनस सेयर र ७६ लाख २४ हजार २१० रुपैयाँ क्यास डिभिडेण्ट घोषणा गरेको हो । सो लाभांसको लागी कम्पनीले नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागी पठाउने र साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १८:०८

https://srdb.com.np/