२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

बुधबार पनि बढ्याे सुनको मुल्य, कतिमा भइरहेकाे छ कारोबार ?


१९ कात्तिक, काठमाडाैँ ।  बुधबार पनि सुनको मुल्य उकालो लाग्ने क्रम जारी रहेको छ । बुधबार सुन तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकात्मक तस्बिर ।

बुधबार चाँदीको मूल्य भने सामान्य रुपमा घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १३:०६

https://srdb.com.np/