२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कोरोना बीमाको दाबी भुक्तानी सात दिन भित्रै उपलब्ध गराउन अर्थमन्त्रीको निर्देशन


१८ कात्तिक, काठमाडाैँ । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्रै गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्रालयले पनि कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई गरेको भन्दै बीमा समितिलाई पत्र लेखेर सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन पत्र काटेको थियो । त्यस अनुसार समितिले सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन निर्नेशन दिएकाे हाे ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा आज बसेको बैठकले कोरोना बीमाको दाबी गरेका सबै बिमितहरुलाई एक हप्ताभित्रै दाबी भुक्तानी दिने समेत निर्णय गरेको थियाे ।

दाबी भुक्तानीको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने पर्ने निर्णय पनि अर्थमन्त्रालयमा सबेकाे बैठकले गरेको छ । कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई भएको चौतर्फी आलोचना भएपछि अर्थमन्त्रालयमा छलफलभएपछि समितिले उक्त निर्देशन दिएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १८:३६

https://srdb.com.np/