११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

१५ दिनमा तीन सय सात ‘चोर’ पक्राउ

२९ जेठ, काठमाडाैँ । महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखाले यही जेठ १३ देखि हिजोसम्म सञ्चालन गरेको १५ दिने काठमाडौँ उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताउनुभयो ।

काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न घरमा लगाइएको ताल्चा फोरेर ल्यापटप, सुन, चाँदी, नगदसमेत चोरी गर्नेलाई विशेष अभियानमार्फत उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । “उपत्यकाको चोरी नियन्त्रण गर्न बिहान १० देखि साँझ ६ बजेसम्म सादा पोशाकमा प्रहरी खटाई उक्त अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

सो अवस्थामा प्रहरीले १९ जनाबाट रु २९ हजार ७००, फलामको रड र साइकल दुई दुई थान, मोटरसाइकल र स्कुटर एक एक थान, ३०९ ग्राम चरेश, २१२ थान नुर्फिन, २१२ थान फेनार्गन, २८० थान नाइट्रेपाम, ५०० दरका भारतीय रुपैयाँ दुई हजार थान बरामद गरेको छ । पक्राउ परेकामध्ये ५३ जनालाई सार्वजनिक अपराधको मुद्दा चलाइएको र बाँकी २५४ जनालाई अनुसन्धानपछि छाडिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार ०५:५६