३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेन्ज ?


१८ कात्तिक,  काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ) आज  नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । यसअनुसार बुधबार कम्पनीको कारोबार खुल्नेछ । सानिमा जनरल इन्स्योरेन्सको शेयरलाई एसजिआइ कारोबार संकेत प्रदान गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १४:४५