२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्दै ज्योति विकास बैंक


१८ कात्तिक, काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ । बैंकले हाल रहेको संस्थापक समुहको ५४.३५ प्रतिशत संस्थापक शेयरमध्ये ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो ।


कात्तिक १७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयर परिणत गर्नको लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने र पुरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडी बढाउन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १२:५१

https://srdb.com.np/