२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मंगलबार सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?


१८ कात्तिक, काठमाडाैँ । मंगलबार सुनको मूल्य बढेकाे छ । यसदिन छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा ४ सय रुपैयाँको वृद्धि भएको हो । सोमबार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार रुपैयाँ कायम भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार ११:२५

https://srdb.com.np/