२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी दर्ता (प्यानलको सूचीसहित)


१७ कात्तिक, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोरकुमार प्रधानले मनोनयन दर्ता गर्नुभएको छ । आज महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रधानसहित उहाँका प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योति रहेका छन् । आज छुट्टा छुट्टै उपाध्यक्ष पदमा दुई श्रेष्ठले मनोनयन दर्ता गराएतापनि सौरभ ज्योतिलाई कोरोना पोजेटिभ देखिएपछि मनोनयन दर्ता भएको छैन् । कोभिड–१९ सङ्क्रमण निको भएपछि मनोनयन दर्ता दर्ता हुने बताइएको छ । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।

गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगन भएको थियो । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

उम्मेदवारी दर्तासगैँ प्रधानले १५ बुदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएमा उद्योगी व्यवसायीहरुको सम्मान र हक हितको रक्षा गर्ने, उद्योगी व्यवसायी र लगानीकर्ताहरुको मनोवल बढाउने, साङ्गठनिक, सचिवालय, जिल्ला र नगर वस्तुगत सदस्यहरुको क्षमता वृद्धि र संस्थागत सुदृढीकरणको पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

यसैगरी उहाँले महासंघलाई आर्थिक उन्नतिको सशक्त संवाहक बनाउने, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा जोड, कृषिको व्यावसायीकरणमा निजी क्षेत्रको संलग्नता बढाउने, साना तथा मझौला उद्यमको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, रोजगारमूलक उद्योग व्यवसायको विकास विस्तारलाई प्राथमिकतामा राख्ने, श्रमिक व्यवस्थापन सम्बन्ध सुधारमा विशेष पहल गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्धको विस्तार, निजी क्षेत्र विकास अनुसन्धान केन्द्रको स्थापना गर्न पहल गर्ने र सामाजिक रुपमा उत्तरदायी व्यवसायी स्थापना बनाउन पहल गर्ने प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।

प्रधान प्यानलबाट आज भएको उम्मेदवारी घोषणा तथा दर्ताको सूचि

जिल्ला नगर
उपाध्यक्ष
दिनेश श्रेष्ठ
सदस्यहरु ः
अरुण सुमार्गी
अशोक अमात्य
तारनाथ घिमिरे
उमेश घिमिरे
रामेश्वर मानन्धर
अशोक ताम्राकार
गजेन्द्र भगत
गोपाल केडिया
देवकुमार श्रेष्ठ
मंगलसिंह ठगुन्ना

बस्तुगततर्फका उम्मेदवार

उपाध्यक्ष
अञ्जन श्रेष्ठ
सदस्यहरु
अरनिको राजभण्डारी
अशोक शर्मा
विप्लव मान सिंह
विष्णु गैरे
दिपक दाहाल
गोविन्द ढुंगेल
माधवलाल श्रेष्ठ
मनिषलाल प्रधान
मिनमान श्रेष्ठ
रामबहादूर श्रेष्ठ
शकुन्तलाल हिराचन
सन्दिप अग्रवाल
शारदा रिजाल
शिवप्रसाद घिमिरे
सुनिल गोपाल श्रेष्ठ

एशोसिएट्स

उपाध्यक्ष
शौरभ ज्योति
सदस्यहरु
विजयसिंह बैद्य
रञ्जित आचार्य
कृष्णप्रसाद दुलाल
राजेश अग्रवाल
शाहिल अग्रवाल
आनन्द वगारिया
मंगेशलाल श्रेष्ठ
अशोक टेमानी
सुनिल नारायण श्रेष्ठ
ज्योत्सना श्रेष्ठ
प्रवल जंग पाण्डे
सन्दिप गाडिया
हेमन्त गोल्छा
शक्ति वेगानी
उदित श्रेष्ठ

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार २०:४२

https://srdb.com.np/