१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नेपाल राष्ट्र बैंकद्धारा आरएमडीसी लघुवित्तको लाभांश स्वीकृत

१७ कात्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्तलाई लाभांश वितरण गर्न स्वीकृति दिएको छ। लघुवित्तलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्न अनुमति दिएको हो।

 

राष्ट्र बैंकले कार्तिक १३ गतेको पत्र अनुसार लाभांश वितरण गर्न स्वीकृति दिँदै वित्तीय विवरण प्रकाशन गर्न पनि सहमति दिएको हो। उक्त लाभांश लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

 

प्रकाशित मिति : November 2, 2020 at 12:50 pm