२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नेप्सेमा २३ लाख ५३ हजार कित्ता शेयर सुचिकृत


१७ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचिकृत भएकाे छ ।


स्टकका अनुसार नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ दरकाे २३ लाख ५३ हजार ८ सय २१ कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे । यसका साथै, आजबाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ११:२१

https://srdb.com.np/