२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

‘लेनदेनको व्यापारिक स्वार्थमा अडेको नेकपाको एकताः अर्को सम्झाैतापछि विवाद मिल्छ’

१६ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेकपाको विवाद समान्य रहेको संकेत गरेका छन । उनले नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरूले व्यापारिक स्वार्थका लागि बार्गेनिङ गरिरहेको संकेत गरेका छन ।

फाइल फाेटाे

सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले नेकपामा सिद्धान्त र संगठनात्मक प्रणालीसहितको संकट नरहेको भन्दै यसालाइ संकट नै मान्नु नपर्ने बताएका छन । उनले भनेका छन्, ‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि।वेकारको हल्ला।’

प्रकाशित मिति : 20:28