बागमती प्रदेशका मुख्यमन्त्री पाैडेल कोरोनामुक्त, अस्पतालबाट भोलि डिस्चार्ज हुने
१५ कात्तिक, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना मुक्त भएका छन । मुख्ममन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालका अनुसार पाैडेलको पछिल्लो स्वाब परीक्षको नतिजामा कोरोना नेगेटिभ देखिएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरीएको स्वाब परीक्षणमा पाैडेलको रीपोर्ट नेगेटिभ आएको हो ।

गत कात्तिक ६ गतेको परीक्षणमा पोजिटिभ आएर मुख्यमन्त्री पाैडेल काठमाडाैँको सहिद गङ्गाला राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौमा उपचाररत रहेका छन । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडाैँ ल्याएर उपचार गरिएको हो । अस्पताल स्रोतका अनुसार मुख्यमन्त्री पाैडेल भोलि डिस्चार्ज हुनेछन ।
प्रकाशित मिति : 18:20









