नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता, के भयो कुरा ?
१५ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आफ्नो सम्पर्कमा रहेका नेतामा कोरोना संक्रमण देखिएपछि होम आइशोलेसनमा रहेका अध्यक्ष प्रचण्ड १० दिनपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष भेट्न बालुवाटार पुगेका हुन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दैनिकीसँगको कुराकानीमा अध्यक्षद्धयको भेटवार्ता पुष्टि गरे । भेटमा अध्यक्षद्धयको बीचमा भएको ठोस कुराकानीको ठोस विषय बाहिर आएको छैन । यद्यपी सचिवालय बैठक बोलाउने विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।
प्रकाशित मिति : 16:38









