२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

दार्चुलामा कम्युनिस्ट विजारोपण गर्ने वीरबहादुरले कोरोना जितेर पनि मृत्यु जित्न सकेनन्

१२ कात्तिक, काठमाडाैँ । दार्चुलामा कम्युनिस्ट विजारोपण गर्ने वीरबहादुर ठगुन्ना विश्वव्यापी रूपमा फैलिएर लाखाैँको ज्यान लिएको कोरोना भाइरसविरूद्धको लडाइँ  जितेर पनि मृत्युसँग हार्न पुगेका छन । सुदूरपश्चिमका पुराना कम्युनिस्ट नेता ठगुन्नाको बुधबार उपचारकै क्रममा काठमाडाैँमा मृत्यु भएको छ ।

साँढे ३ वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित ठगुन्नाको काठमाण्डौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामीले पुष्टि गरेका छन । ठगुन्ना ६७ वर्षको रहेका थिए । उपचारकै क्रममा केही दिनअघि कोरोना संक्रमण पनि त्यसलाइ जित्न ठगुन्ना सफल भएका थिए ।

दार्चुलामा कम्युनिस्ट राजनीतिको विजारोपण गर्ने ठगुन्ना विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहेका थिए । बझाङको शिक्षकको स्थायी जागिर छाडेर उनी ०४८ र ०५६ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका थिए ।ठगुन्ना २०५४ मा जिल्ला विकास समिति दार्चुलाका उपसभापतिमा निर्वाचित भएका ठगुन्ना तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रिय अनुशासन आयोगको सदस्य पनि निर्वाचित भएका थिए ।

प्रकाशित मिति : 19:24