नेकपा नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण
९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभावकरलाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले स्वयं संक्रमणको बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।

उहाँले आफ्नो सम्पर्कमा रहेकाहरूलाई सचेत रहन अनुराेध पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउदछु। केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’
प्रकाशित मिति : 08:00









