१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कुमारी बैंकले घोषणा गर्याे लाभांश, बोनस शेयर र नगद कति ?

६ कात्तिक, काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ। विगत २० वर्षदेखि आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिङ इकाईहरु मार्फत सेवा दिँदै आएको कुमारी बैंकको निक्षेप १ खर्ब २२ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार ०८:०९