१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

एनआईसी एशिया बैंकद्धारा २० प्रतिशत लाभांश घोषणा

४ कात्तिक, काठमाडाैँ । एनआईसी एसिया बैंककले २० प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिकाे बैठकले २० प्रतिशत लाभांश दिने प्रश्ताव गरेको हाे । यो संगै लाभांष घोषणा गर्ने वाणिज्य बैंकमा एनआईसि पाँचौं बैंक हो । एनआईसि एसिया बैंककले हालसम्म बोनस घोषणा गरेका ४ बैंकमध्ये सबैभन्दा बढी हो ।

यसअघि पहिलो नंबरमा माछापुच्छ्रे बैंककले १० प्रतिसत लाभांस दिने प्रश्ताप गरेको थियो । पछिल्लो समय आक्रामक बजार विस्तारमा लागेको एनआईसी एशिया बैंकले हालसम्मकै उच्च लाभांस घोषणा गरेको हो । वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू र सानिमा बैंक रहेका छन् ।

यसअघि लाभाश घोषणा गर्ने पहिलो बैंक माछाप्च्छ्रे बैंक हो । उसले १०.४ प्रसितत लाभांस घोषणा गरेको थियो । जसमा नगद ३.३७ र बोनस सेयर ७.३ प्रतिशत रहेको छ । दोस्रो रहेको बैंक अफ काठमाण्डूले नगद ३ प्रतिशत र बोनस १३ प्रतिशतसहित १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, सानिमा बैंकले नगद ३.६ र बोनस १० सहित १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यसमध्ये एनआईसि एसिया बैंक सबैभन्दा बढी लाभांस घोषणा गर्ने बैंक बनेको छ । एनआईसिको संचालक समितिको ४६० औं बैठकले आ.व. २०७६।७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले गत आ.व. २०७६।७७ मा प्रति शेयर आम्दानी रू. ३१.८९ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धि सहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो । बैंकको स्व–पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ ।

बैंकको आ.व. २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू. २४ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६।०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.४१ प्रतिशत रहेको छ । समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १३ प्रतिशत (करिब रू. ३२१ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत २४ अर्ब ले कर्जा वृद्धि गर्न सफल भएको छ ।

जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्चतम वृद्धि हो । साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू.३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २११ अर्ब पुर्याउन बैंक सफल भएको छ ।

जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल वृद्धिको ७.३ प्रतिशत रहेको छ । साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६ प्रतिशत (करिब रू.४८३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत ३८ अर्बले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार १८:५१