२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

जसपा संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई

४ कात्तिक, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई चुनिएका छन् । सोमवारदेखि काठमाडौंमा बसिरहेको जसपा केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले भट्टराईलाई परिषद् अध्यक्ष बनाउने निर्णय गरेको पार्टीका युवा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जसपा बनेको थियो । संघीय समाजवादी पार्टीमा पनि उनी संघीय परिषद्को अध्यक्ष थिए ।

पार्टी एकीकरण गर्दा २ पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष बनाइएको थियो । शुरूमा तेस्रो वरियतामा रहे पनि निर्वाचन आयोगमा दल दर्ताको समयमा भट्टराईको नाम पाँचौं नम्बरमा पुर्‍याइएको थियो । संघीय संसदमा जसपाका ३४ सांसद छन् । केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुने पार्टीको विधानमा व्यवस्था छ ।

प्रकाशित मिति : 16:33