१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द

४ कात्तिक, काठमाडौँ ।  नेपालीहरुको महानपर्व बडादशैँको अवसरमा सवै बैंकहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघ (एनबीए) ले आज सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने उल्लेख गरेको हो ।


बैंकका शाखाहरू बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ । बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएकोले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न संघले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार १३:४७