१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नविकरण शुल्क बुझाएपश्चात रोक्का गरिएका ३ कम्पनीको कारोबार पुनः सुरु

४  कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोक्का गरिएकामध्ये थप ३ वटा कम्पनीकाे शेयर काराेबार पुनः सुरु भएकाे छ । नेपाल हाइड्रो डेभलोपर लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे शेयर काराेबार पुनः सुरु भएकाे नेप्सेले जनाएको छ ।

वार्षिक नवीकरण शुल्क नबुझाएपछि नेप्सेले आइतबार नियमित कारोबार हुने २५ सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।कम्पनीहरूले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएकाे हुनाले नेप्सेले उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेकाे थियाे । हाल कम्पनीहरूले नविकरण शुल्क बुझाएकाले काराेबार फेरि खुल्ला गरिएकाे नेप्सेले जनाएकाे छ ।

प्रकाशित मिति : October 20, 2020 at 12:34 pm