२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नाै दिन पाटन अस्पतालमा उपचार गराएर शिक्षामन्त्री पोखरेल निवास फर्किए

४ कात्तिक, काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नाै दिनसम्म पाटन अस्पतालमा उपचार गराएर सोमबार अबेर निवास फर्किएका छन । लक्षणसहितको कोरोना संक्रमण देखिएका मन्त्री पोखरेल सोमबार साँझ निवास फर्किएको उनी निजी सचिवालयमा कार्यरत विनोद न्याैपानेले जानकारी दिए ।

उनका अनुसार लक्षणसहितको कोरोना संक्रमण देखिएका मन्त्री पोखरेल नाै दिनसम्म अस्पताल बसे । मन्त्री पोखरेललाइ पूर्ण निको हुन अझै केहीदिन लाग्नेछ । अस्पतालबाट निवास फर्कने समयमा मन्त्री पोखरेलले अस्पताल बसाइमा स्वास्थ्यको चिन्ता र चासोका साथ स्वदेश तथा बिदेशबाट फोन, एस एम एस, फेसबुक, मेसेन्जर भाइवर लगायत विभिन्न माध्यमले स्वास्थ्य लाभको कामना गर्ने सबैलाइ धन्यवाद दिएका छन ।

प्रकाशित मिति : 09:52