५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आफ्नै दुई साथीलाई बेच्न खोज्ने भोजपुरकी १८ वर्षीया सविना राईलाई दुई वर्ष कैद

२६ जेठ, भोजपुर । आफ्नै साथीलाई भारत लगेर बेच्न खोज्ने भोजपुरकी सविना राईलाई दुई वर्षको जेल सजाए भएको छ । जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका वडा नं–६ दोभानेकी १८ वर्षीया राईलाई दुई वर्ष कैदको फैसला सुनाएको हो ।

राईलाई त्यसै वडाका दुई जना किशोरीलाई बेचबिखन गर्न लागेको आरोपमा जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐनको दफा १५ को उपदफा १ को (च) बमोजिम २ वर्ष कैदको फैसला गरेको हो ।

आफ्नै गाउँका नाता पर्ने १५ र १६ वर्षीय दुई जना किशोरीलाई ललाइफकाई होटलमा जागिर लगाइदिन्छु भन्दै भारततर्फ लैजाँदै गर्दा संखुवासभा प्रहरीले गएको वैशाख ५ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार १७:२०