बागमती प्रदेशका सांसद र मन्त्रीले दशैँ भत्ता खर्च गर्न नपाउने, के गर्ने भन्ने टुंगो लाग्न बाँकी
३ कात्तिक, हेटाैँडा । बागमती प्रदेशका सांसद र मन्त्रीले दशैँ भत्ता खर्च गर्न नपाउने भएका छन । बगमती प्रदेशका मुख्यमन्त्री डोरमणि पाैडेलको निर्देशनमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दशैँ भत्ता खर्च गर्नमा रोक लगाउने निर्णय लिएका छन ।

मन्त्री ढुंगेलले सांसद र मन्त्रीले खर्च गर्न नपाए पनि उक्त रकम केमा प्रयोग हुने भन्ने यकिन नभैसकेका कारण पछि निर्णय लिइने उनले बताएका छन । उनले विज्ञप्ति नै प्रकाशन गरेर दशैँ भत्ताको सम्बन्धमा जानकारी दिइने बताए ।
प्रकाशित मिति : 19:04









