२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

सबै मन्त्रीको दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय

३ कातिक, काठमाडाैँ । सरकारले सबै मन्त्रीको दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारी बढीरहेको समयमा सरकारले संघीय सरकारका मन्त्रीहरूको पाउने दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले सोमबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यस्तो निर्णय लिइएको हो। अहिले संघीय सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, २० जना मन्त्री र तीन जना राज्यमन्त्री रहेका छन ।

प्रकाशित मिति : October 19, 2020 at 6:30 pm