५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आफ्नो गाउँको सिस्नेपानी धाराको पानी खाने इच्छा गरेपछि डा उपेन्द्र देवकोटालाई यसरी लगियो गोरखा

२६ जेठ, गोरखा । बरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटालाई उनको जन्मगाउँ गोरखाको बोहोरागाउँ लगिएको छ । आफु जन्मेको घरमा बस्ने र स्थानीय सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेकाले उनलाई २ वटा हेलिकोप्टर चार्टर गरेर गोरखा पुर्याइएको छ ।

देवकोटासँगै उनकी श्रीमति र ३ छोरीहरु पनि गोरखा पुगेका छन । पालुङटार नगरपालिका वडा नम्बर ३ मा पर्ने बोहोरागाउँमा देवकोटालाई भेट्न र हेर्न स्थानीय वासिन्दा, उनका विद्यार्थी, उनलाई पढाएका शिक्षक लगायत जम्मा भएका छन ।

हेलिकोप्टरबाट पूरै बोहोरा गाउँलाई एक फन्को लगाएपछि देवकोटालाई घर नजिकैको चउरमा राखेर त्यहाँबाट स्ट्रेचरमा राखेर जन्मघर लगिएको थियो । एउटा हेलिकोप्टरमा देवकोटाको उपचारमा संलग्न चिकित्सकहरु पुगेका थिए । त्यसको केहीबेरमा अर्को हेलिकोप्टरमा उनलार्ई लगिएको थियो । डा देवकाेटालार्इ शनिवारनै काठमान्डाै ल्यार्इयकाेछ । उनकाे न्युराे अस्पताल बाासबारीमा सघन उपचार कक्षमा उपचार भैरहेकाे छ ।

क्यान्सर रोग लागेपछि उपचार गराइरहेका उनको बेलायतमा उपचारकै क्रममा उनले नेपालमै उपचार गर्ने भनेपछि न्यूरो अस्पतालमा उपचार गराईराखिएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार १६:५६