१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेप्सेले एकैपटक गर्यो २५ कम्पनीको शेयर कारोबार रोक्का, यस्ताे छ कारण

२ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २५ कम्पनीको शेयर कारोबार एकैपटक रोक्का गरेको छ । नेप्सेले कार्तिक २ गते  नेप्सेमा सुचीकृत २५ कम्पनीको शेयर कारोबार एकैपटक रोक्का गरेको हो । उक्त कम्पनीहरूले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नतिरेकाले  शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।


नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगित गरेकाे हाे । हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सुचीकरण नविकरण नगर्ने कम्पनीहरूको शेयर कारोबार रोक्का हुने व्यवस्था रहेको छ । असोज १३ गते सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १५:०७