१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का

२ कातिक, काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ। बैंकले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेसँग एक्विजीसन सम्झौता गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो।  सिटिजन्स बैंकले १००:९६ को स्वाप अनुपातमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न लागेकाे हाे ।

जस अनुसार तिनाउ मिसनको १०० कित्ता शेयर हुनेले सिटिजन्सको ९६ कित्ता शेयर पाउने छन् । तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : October 18, 2020 at 1:41 pm