१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ काराेबार ?

२ कातिक, काठमाडाैँ । कातिक महिनाको पहिलो कारोबारका दिन सुनको मुल्य घटेकाे छ । आइतबार सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला १ हजार २०० रुपैयाँमा काराेवार हुँदैछ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार ११:४६