५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पल्पी र ह्याप्पी जुसको प्रवर्द्धन गर्दै लोक गायक मिलन लामा

–शिशिर सिंखडा
२५ जेठ, चितवन । चितवनको सौराहामा एकाएक देखापरेका लोक गायक मिलन लामालाई देख्ने बित्तिकै युनाइटेड बेभरेज प्रा.लि.द्वारा आयोजित बजार प्रवर्द्धन शुभारम्भ कार्यक्रमका उद्घोषक रामकान्त पौडेलले स्टेजमा के बोलाउन भ्याएका थिए, यसरी गीत गाउन थाले गायक लामाले,
“अहिले त रातै दिन लाग्छ मलाई जाती
भोक तिर्खा थकानमा पल्पी नै छ साथी
माझी दाइ पोखरा फेवा तालको
पल्पी जुस मन पर्छ आनन्द दिने खालको”

उनको गीत पुरा हुन नपाउँदै अतिथि र दर्शक दीर्घामा खचाखच सबैले जोडदार तालीले उनको प्रशंसा गरे । स्वदेशी लगानीमा बनेको जुस खानपाउनु हामी नेपालीको गर्वको विषय भएको भन्दै लोक गायक लामाले देश समृद्ध बनाउन यस्ता धेरै प्रकारका उद्योगहरुको जरुरी रहेको बताए । यतिभन्दै उनले फेरी अर्को राष्ट्रिय गीत यसरी गाए,
“दरबार जस्तै घर भएनी, के काम लाग्यो चन्द्रिका
छोरी ज्वाइँ अष्ट्रेलिया, छोरो अमेरिका
जति जति धेरै पढ्यो, उति उति टाढा
माया मात्रै भो गाढा”

उनको यो गीतले भने कार्यक्रममा सहभागी सबैलाई भावुक बनायो । स्वदेशमा रोजगारीको सिर्जना हुन नसकेर विदेशिनु पर्दा नेपालीहरुको सुन्दर परिवार, गाउँटोल युवा विहिन हुनपुगेको उनको गीतले भनिरहेको थियो । स्वदेशमै लगानीतथा रोजगारीको वातावरण बनाएर देश समृद्ध बनाउनु लोक गायक लामाले सबैसँग आग्रह पनि गरे ।

युनाइटेड बेभरेज प्रा. लि. चितवनको रत्ननगर १० मा रहेको छ । २०७१ साल चैत्रबाट व्यवसायिक रुपमा उत्पादन थालेको पल्पी तथा ह्याप्पी आवर ब्राण्डका आँप, सुन्तला, लिची, स्याउ, भुइकटहर लगायत ११ वटा स्वादमा जुसहरु बजारमा आइसकेका छन् । अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रिय गुणस्तरमा उत्पादन भएका जुसहरु बिरामीहरुका लागि सुगर फ्रि प्याकेजिङमा समेत उत्पादन गरिएको कम्पनीका अध्यक्ष भेषराज दवाडीले जानकारी दिए ।

वि.सं. २०७३ सालमा नेपाल सरकार उद्योग मन्त्रालयबाट खाद्य उद्योगहरु मध्ये युनाइटेड बेभरेज उत्कृष्ट उद्योगबाट पुरस्कृत समेत भइसकेको र यसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आई.एस.ओ. गुणस्तर चिन्ह समेत लिने तयारीमा रहेको चितवनउ द्योग संघका अध्यक्ष समेत रहेका कम्पनीका अध्यक्ष दवाडीले जानकारी दिए ।

१ लिटर, ५ सय, २ सय ५० र १ सय ७० मिलीलिटरमा समेत पाइने यी जुसहरुको ब्राण्ड र उत्पादनको गत २० गते उद्योग मन्त्री मातृका प्रसाद यादवले काठमाडौमा आयोजित एक कार्यक्रममा उद्घाटन गरेका थिए । त्यस लगत्तै गत २२ गते पर्यटकीय नगरी पोखरा र २४ गते शुक्रबार चितवनको पर्यटकीय नगरी सौराहामा बजार प्रवद्र्धन शुभारम्भ गरिएको थियो । ताजा फलफूलको ओरिजिनल स्वादका जुसहरु बच्चादेखि वृद्धसम्मले उपभोग गर्न सकिने दवाडीले बताए । सो कम्पनी १० जना युवा उद्यमी र गैर आवासीय नेपाली संघ अन्तर्गतको युथ भिजन इन्भेष्टमेण्ट कम्पनी सहितको रु. २० करोडको लगानीमा संचालित छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार २१:१२