सानिमा जनरल इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँड हुने
२९ असाेज, काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँड शुक्रबार हुने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडका अनुसार बुधबार प्रि– अलोटमेण्ट गरेर नेपाल धितोपत्र बोर्ड ‘सेबोन’ मा पठाइसकेकोले, सेबोनले अरु निर्णय नगरेको खण्डमा शुक्रबार बिहान क्यापिटलको कार्यालयमा बाँडफाँडको कार्यक्रम तय भएको छ ।’

असोज २१ गते देखि असोज २५ गतेसम्म आइपिओमा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन दिएका छन् । अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ७३ हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ६ लाख १५ हजार ७ सय ६ जनाको हात खाली हुनेछ ।
प्रकाशित मिति : 12:22









