२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रीमा

२९ असाेज,  काठमाडौँ ।  सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २ जना संस्थापक शेयरधनीको नाममा रहेको  १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।


उक्त संस्थापक शेयर खरिद फर्न चाहने बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कति कित्ता शेयर खरिद गर्ने हो सो खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा निवेदन पेश गर्नुपर्नेछ । ताेकिएकाे समयभित्र कुनैपनि निवेदन पेश हुन नअाएमा प्रचललित नियम अनुसार अन्य व्यक्तिलाइ विक्रि गरिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : October 15, 2020 at 11:21 am