विकसित परिस्थितिमा मानिसका बुझाइ र टिप्पणी बुझ्ने कोशिश गर्दैछुः उपप्रधानमन्त्री पोखरेल
२९ असोज, काठमाडाैँ । उपप्रधानमन्त्री इश्वर पोखरेलले विकसित परिस्थितिमा मानिसका बुझाइ, विश्लेषण र टिप्पणी बुझ्ने कोशिश गरिरहेको भन्दै बुधबार राति ११ बजेर ८ मिनेटमा एउटा ट्वीट गर्दै उपप्रधानमन्त्री पोखरेलले भनेका छन ‘विकसित परिस्थिति र घटना- प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्ति/ टिप्पणी हेर्दै …. बुझ्ने कोशिस गर्दै ..!!!!!’

पोखरेलले बुधबारमात्रै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेर्नेगरी नयाँ जिम्मेवारी पाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरि जिम्मेवारी तोक्नुभएको छ ।
पोखरेलले नयाँ जिम्मेवारी छायाँ प्रधानमन्त्रीको भूमिकामा हुने भन्दै नेकपाका नेताहरूले बधाइ दिइरहेका छन । पोखरेलले मन्त्रिपरिषद सदस्यहरूको कामको संयोजन गर्ने छन । यस विषयमा मानिसहरूका आआफ्नै बुझाइहरू सामाजिक सञ्जालमा छताछुल्ल भैरहेको सन्दर्भमा उपप्रधानमन्त्री पोखरेलले यस्तो ट्वीट गरेका हुन ।

प्रकाशित मिति : 09:02









