१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

नवनियुक्त तीन मन्त्रीको शपथ आज, लगत्तै पदभार ग्रहण गर्ने

२९ असोज, काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार नियुक्त हुनुभएको तीन जना मन्त्रीले आज सपथ ग्रहणा ग्रहण गर्ने हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नवनियुक्त मन्त्रीहरूको सपथ बिहीबार बिहान ११ः ३० बजे राष्ट्रपति भवन शितल निवासमा तय भएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्रीमा विष्णु पाैडेल, सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा समाजकल्याण मन्त्रीमा लिला श्रेष्ठ नियुक्त हनुभएको छ । आज शपथ ग्रहण गरेपछि लगत्तै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमै बुधबार नै दुइ मन्त्रीको जिम्मेवारी समेत हेरफेर भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेललाइ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको जिम्मेवारी तोकिएको छ भने समाजकल्यणामन्त्री पार्वत गुरूङलाइ सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : 07:16