एक्कासी प्रेसर बढेपछि पूर्व प्रधानमन्त्री झलनाथ खनाल ह्याम्स अस्पतालमा भर्ना
२९ असोज, काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल एक्कासी प्रेसर बढेपछि ह्याम्स अस्पतालमा भर्ना हुनुभएको छ । पूर्व प्रधानमन्त्री खनाल बुधबार सँझदेखि नै प्रेसर बढेर धुम्बाराहीमा रहेको ह्यम्स अस्पतालमा भर्ना हुनुभएको उहाँको स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिनुभयो ।

उहाँमा प्रेसरको समस्या देखिए लगत्तै ह्याम्स अस्पताल लगिएको थियो । बुधबार करिब ४ बजे खनालालाइ अस्पताल पुर्याइएको थियो । अहिले उहाँको स्वास्थ्य सामान्य अवस्थामा रहेको छ । स्वास्थ्य अवस्था सामान्य रहिरहे खनाल अाजै घर फर्किनुहुनेछ ।
प्रकाशित मिति : 07:09









